Home / Politics / कांग्रेसका ८ जना सांसदहरुद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

कांग्रेसका ८ जना सांसदहरुद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ८ जना सांसदहरुले संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् । सांसद अमरेशकुमार सिंहले मंगलबार संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिए । 

उनले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले यसअघि दर्ता गराएको विधेयकमा केही थप गरिएको बताए । उनका अनुसार संशोधन प्रस्तावमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने कुरा थप गरिएको छ । 

संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था छ । 

संविधानको धारा ५६ मा संघीय संरचना पुनरावलोकन अयोग गठन, धारा २८७ मा संघीय आयोग गठन, धारा ८२ मा रहेको समावेशी प्रतिनिधित्वको ठाउँमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।

त्यस्तै संविधानको धारा ११ मा संशोधन गरी नेपालीसँग विवाह गरी आएकी महिलाले सम्बन्धित देशको नागरिकता त्याग्‍ने प्रक्रिया सुरु गरेपछि वैवाहिक अंगिकृत नागरिकता लिनसक्ने व्यवस्था थप गर्न माग गरिएको छ ।

सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संशोधन विधेयक दर्ता गराएका हुन् ।

कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले संशोधन प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

यसअघि सोमबार  जनता समाजवादी दलले पनि संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो ।

उक्त प्रस्तावमा भाषा, नागरिकता, राष्ट्रियसभाको संरचना, संघीय सीमांकन आयोग गठन र  संविधानको धारा २७४ को उपधारा ७ संशोधन गर्न गर्ने विषय समावेश गरिएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *