Home / Nepal / News / नेपालमा आज थपिए २८८ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ९९ पुग्यो

नेपालमा आज थपिए २८८ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ९९ पुग्यो

काठमाडौं । नेपालमा आज (मंगलवार) एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ८ जनाको मृत्यु भईसकेको छ भने २६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

पछिल्लो समयमा कोरोना भाइरस जित्नेको संख्या ४५ जना रहेको छ ।  देशभरका विभिन्‍न जिल्लाबाट २६६ जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज गरिएका छन् । जसमा २१२ पुरुष रहेका छन् भने ५४ जना महिला रहेका छन् ।
 
हालसम्म देशभरका क्‍वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ मानिसहरु रहेका छन् । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएका रहेका छन् ।

हालसम्म देशभर एक हजार ८२५ जना कोरोना संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

७५ हजार ३४३ को पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यसैगरी १ लाख १६ हजर ३४५ जनाको आरडीटी परीक्षण गरिएको छ ।

यसैबीच हिजो (सोमवार) मात्रै नेपालमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *