Home / Nepal / News / छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर पाँच जनाकाे मृत्यु

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर पाँच जनाकाे मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर पाँच जनाकाे मृत्यु भएकाे छ ।

मोरङकाे सुनवर्सी नगरपालिका-६ तालगाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ ।

आफ्नै बारीबाट मकै लिई घर आउने क्रममा चट्याङ पर्दा गम्भीर घाइते भई उपचारको लागि रंगेली टाइम्स अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

महोत्तरीकाे महोत्तरी गाउँपालिका-१ बस्ने ५५ वर्षीय ईन्दल यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ ।

 घर नजिकैरहेको चौरमा भैँसी चराउन गएको अवस्था चट्याङ लागेर उनको मृत्यु भएको हो ।

यसैगरी रुपन्देहीमा चट्याङ लागेर २ जनाको मृत्यु भएकाे छ ।

रुपन्देहीकाे मायादेवी गाउँपालिका-५ बस्ने ५५ वर्षीया कमलावती यादव आफ्नै खेतमा काम गरिरहेकोअवस्थामा चट्याङ लागेर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका-२ केवटलिया बस्ने ५५ वर्षीया चयनमती यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ ।

 आफ्नै घरदेखी अन्दाजी ५ सय मिटर टाढा तरकारी बारीमा गएको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

धनुषाकाे मिथिला नगरपालिका-७ बथानगौरी जंगलमा घाँस काटेर घर फर्किने क्रममा पानी सहितपरेको चट्याङ लागेर सोही नगरपालिका केम्लिपुर बस्ने ५० वर्षीयाखिनमाया काफ्लेको सोमबार बिहान मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि ढल्केबरतर्फ लैजाने क्रममाबाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *