Home / Nepal / नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ललितपुरका एकजनाको मृत्यु भएको हो । उनको ललितपुरमै रहेको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. देवकोटाले जानकारी दिए ।  उसो त पछिल्लो चौबीस घण्टामा एक सय ५६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रवक्ता डा. देवकोटाले  आज  थप  १५६ जना थपिएको जानकारी दिए । उनले एक सय ५६ जना थपिएससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको बताए ।

कलेजोको समस्या देखिएका ति पुरुष जेठ ११ गते अस्पताल भर्ना भएका थिए । १२ गते आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको सोही दिन कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । ती पुरुषको मृत्यु बुधबार भएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *