मुम्बई । अभिनेत्री अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’ बाट भाजपा नेताको तस्बिर हटाइएको छ ।
बिना अनुमति भाजपा नेताको तस्बिर प्रयोग गरेको भन्दै सो बन्द गर्न माग भएपछि, सिरिज निर्माण टिमले तस्बिर हटाएको हो ।
बुधबार भाजपा नेता नन्दकिशोर गुर्जरले बिना अनुमति उनको माँफ्र्ड फोटो प्रयोग गरेको भन्दै आपत्ति जनाएको थियो । साथै उनले अनुष्काविरुद्ध राष्ट्रद्रोहको आरोप पनि लगाएका थिए ।
सिरिजको सिजन १ को छैटौँ एपिसोडमा भाजपा नेता नन्दकिशोरको तस्बिर प्रयोग गरिएको थियो ।
बिना अनुमति फोटो प्रयोग गरेको भन्दै उनले सूचना एवम् प्रसारण मन्त्री प्रकाश जावडेकरको पत्र पनि पठाएका थिए । जसमा सो प्रसारण तत्काल रोकिनु पर्ने माग गरिएको थियो ।
योभन्दा अघि पनि अनुष्काको यस सिरिजमाथि नेपाली महिलाहरूलाई गलत चित्रण गरेको र तुच्छ शब्द प्रयोग गरेको भन्दै जातीय विभेदको आरोपमा वकिल गुरुङले लिगल नोटिस पठाएका थिए ।
यद्यपि यस विषयमा सो निर्माताबाट कुनै प्रतिक्रिया आएको छैन ।






