Home / Politics / प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । पाँचबजे मन्त्रिपरिषद् बैठक बस्दैछ  ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रधानमन्त्रीको सम्वोधनअघि मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ ।

यसै विषयमा छलफल गर्न आईतबार नै मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको थियो । त्यही बैठक सोमबार साँझ ५ बजे बस्ने भएको हो ।

पछिल्लो समय अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी भएपछि प्रधानमन्त्री ओलीले संसदमा सम्वोधन गरेका थिए ।

नयाँ नक्साअनुसार देशको निशान छाप बनाउनका लागि सरकारले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

नयाँ नक्सा, बढ्दो कोरोना संक्रमण र लकडाउन सम्वोधनका विषय हुनसक्ने एक मन्त्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *