भद्रपुर । झापाको कचनकवल गाउँपालिकामा विहीबार एकैदिन २३ जना थपिएका छन् ।
बिहीबार बिहान थप १५ जना थपिएकोमा अहिले दिउँसो आठ जना थपिएको हो ।
यो सँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ३३ पुगेको छ । झापामा भने संक्रमितको सङ्ख्या ३५ पुगेको हो ।
त्यसमध्ये मङ्गलवार १, बुधवार ९ र बिहीबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टाइनमा बसेका कोरोना पुष्टि भएका २३ जनालाई चार वटा एम्बुलेन्समा हालेर धरान कोभिड १९ अस्पताल पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।
बिहीबार देखिएका २३ जना नै पुरुष रहेका छन् । त्यसमध्ये वडा नम्बर ३ का नौ जना, वडा नम्बर ४ का दश जना, वडा नम्बर ५ का तीन जना र वडा नम्बर ६ का एक जना रहेको बताइएको छ ।
उनीहरूको उमेर १८ देखि ४६ वर्षसम्मका छन् । उनीहरू सबै जना जेठ ४ गते भारतको दिल्ली, मुम्बईबाट आएका थिए ।






