Home / Nepal / आज मेघगर्जनसहित वर्षा हुने, केही दिन सम्म, चट्याङ र हावाहुरी

आज मेघगर्जनसहित वर्षा हुने, केही दिन सम्म, चट्याङ र हावाहुरी

काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली अम्पुन नामको चक्रवातको प्रभावले अहिले नेपालका थोरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्व र मध्य क्षेत्रको मौसम ३–४ दिनसम्म प्रभावित हुनेछ।

पूर्व र मध्य क्षेत्रमा केही स्थानमा वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

अम्पुन चक्रवातले बंगलादेशको तटीय क्षेत्रमा बुधबार अपराह्न वा साँझ समुद्रबाट जमिनतर्फ प्रवेश गर्नेछ।

बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभाव ३–४ दिन रहने भएकोले अबका केही दिन मौसम केहीबेर खुले पनि बादल तथा सामान्य वर्षा पनि हुने महाशाखाले जनाएको छ ।

अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *