Home / Nepal / आयल निगमले हवाई इन्धनको मूल्य घटाएकोप्रति उड्डयन व्यवसायीअसन्तुष्ट

आयल निगमले हवाई इन्धनको मूल्य घटाएकोप्रति उड्डयन व्यवसायीअसन्तुष्ट

काठमाडौं। आयल निगमले हवाई इन्धनको मूल्य घटाएकोप्रति उड्डयन व्यवसायीले असन्तुष्टी जनाएका छन्।

हवाई इन्धनको मूल्य लिटरमा २० रुपैयाँ घटाउन आग्रह गरेपनि साढे चार रुपैयाँ मात्रै घटाइएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका हुन्।

 उनीहरुले न्यून मात्रै मूल्य घटाएर संकटमा रहेको हवाई कम्पनीलाई कुनै राहत नहुने समेत बताएका छन्। ‘हामी समग्र हवाइ उद्योगले २० रुपैयाँसम्म मूल्य घटाउनका लागि अनुरोध गरेका थियौं। तर सोचेभन्दा धेरै कम मूल्य घटाइयो,’ एक हवाई जहाजका संचालकले भने, ‘बुधबार हाम्रो एउटा बैठक बस्छ। त्यही अनुसार पुन: माग गर्नेछौ। माग पूरा नभए आइतबारदेखि जहाज ग्राउण्डेड गराउने अवस्था नआउला भन्न सकिन्न।’

उनले कोरोनाको त्रासका कारण जहाजको भाडा बसको दरमा आएको बताउँदै त्यही भएर हवाई उद्योगलाई बचाउन इन्धनको मूल्य थप घटाउनुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *