Home / Nepal / कोरोनाको कारण त्रिभुवन विमानस्थल सुनसान

कोरोनाको कारण त्रिभुवन विमानस्थल सुनसान


काठमाडौं, ३ चैत । कोभिड–१९ का कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल सुनसान बनेको छ । आइतवारदेखि लागू हुने गरी सरकारले पर्यटकका लागि दिइँदै आएको अन अराइभल भिसा रद्द गरे पछि त्रिभुवन विमानस्थल सुनसान जस्तै बनेको हो ।

तेस्रो मुलुकबाट आउने यात्रुहरु रोकिए पछि विमान कम्पनीहरुले उडानमा कमी ल्याएका छन् ।
अध्यागमन विभागले शुक्रवार सूचना जारी गर्दै सम्पूर्ण विदेशीलाई दिइने अन अराइभल भिसामा रोक लगाइएको जानकारी गराएको थियो ।

विभागले विदेशमा रहेका नेपालीहरुलाई समेत अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ । यो सँगै एनआरएनहरुले समेत नेपाल प्रवेश नपाउने भएका छन् । यो नियम ३० अप्रिल, २०२० सम्मका लागि लागुहुने विभागले जनाएको छ ।

अन्य देशबाट नेपाल आउने विदेशीले सात दिनअघिको स्वास्थ्य परीक्षणको प्रमाणपत्र त्रिभूवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने छ ।

त्यसैगरी विदेशमा रहेका गैरआवासीय नेपालीहरुले नेपाल भ्रमण गर्नैपर्ने भएका सम्बन्धित मुलुकमा रहेको कूटनीतिक मिसनमा सम्पर्क गर्ने र नेपाल पुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य रुपले बुझाउनुपर्नेछ ।

अध्यागमनले १४ मार्चपछि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकले सेल्फ–क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । गैरआवासीय नेपाली नागरिकसहितका नेपालीहरुले भने १४ दिनसम्मको होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन दिइएको छ ।

यिनै कारणहरुले पनि नेपालका लागि पूर्व निर्धारित रुपमा टिकट लिएकाहरुले पनि यात्रा रद्द गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *