Home / Nepal / News / स्वास्थ्यकर्मीको गाडी रोकेर दुर्व्यवहार गर्ने युवा पक्राउ

स्वास्थ्यकर्मीको गाडी रोकेर दुर्व्यवहार गर्ने युवा पक्राउ

काठमाडौं । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की छन् ।

शनिबार सद्भाव नेपालका अध्यक्ष भन्ने अभिषेक श्रेष्ठ, उत्तम कार्की, दीपकराज रेग्मीसहित ७/८ जनाले प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्कीको गाडी खोजतलास गरेका थिए । 

खोजतलासका क्रममा उनीहरूले गाडीमा सवार कार्कीलाई झोला खोल्न लगाएका थिए ।

खोजतलास गर्ने युवा कसैसँग पनि आधिकारीक परिचयपत्र नभएकाले पक्राउ गरिएको हो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *