Home / World News / भारतमा चीनमा भन्दा धेरै कोरोना संक्रमित

भारतमा चीनमा भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । भारतमा चीनमा भन्दा धेरै कोरोना संक्रमितको पुष्टि भएको छ । शनिबार दिउँसोसम्म भारतमा कोरोना संक्रमितको संख्या ८६ हजार पुगेको छ ।

भारतमा २५ मार्चबाट कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन छ । भारतमा हालसम्म कोरोनाका कारण २ हजार ७५२ जनाको मृत्यु भइसकेको छ । चीनमा भने ४ हजार ६०० को मृत्यु भएको छ । 

कोरोना संक्रमण चीनबाट सुरु भएको थियो । तर उसले कडा लकडाउन गरेर स्थिती नियन्त्रणमा लिएको थियो । चीनमा ८२ हजारमा संक्रमण देखिएको छ । 

चीनमा कोरोनाको संक्रमण नियन्त्रणमा आइसकेको छ भने भारतमा तिव्र गतीमा फैलिरहेको बीबीसीले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *