Home / Nepal / क्वारेन्टाइनबाटै युवती फरार

क्वारेन्टाइनबाटै युवती फरार

राजापुर । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय, दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् ।

उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताउनुभयो ।


काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् ।

विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार पुरुष र एक महिला थिए । फरार युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *