Home / World News / कोरोनाका कारण अमेरिकामा ३.३ करोड मानिस बेरोजगार

कोरोनाका कारण अमेरिकामा ३.३ करोड मानिस बेरोजगार

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ३.३ करोड मानिस बेराजगार भएका छन् ।

पछिल्लो हप्ताको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण सुरु भएपछि अमेरिकामा ३.३ करोड मानिस बेरोजगार भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था अर्को वर्ष अझ राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले आउने वर्ष बजारमा माग एकदमै बढि हुने भन्दै आउँदो वर्ष उत्तम साबित हुने बताएका छन् ।  


संसारभरकै अर्थव्यवस्था खस्किए जस्तै अमेरिकाको अर्थतन्त्रमा पनि कोरोनाको महामारीका कारण ठूलो असर परेको छ ।

अमेरिकामा मात्रै १३ भन्दा धेरैमा कोरोनाको संक्रमण देखिए पछि अमेरिकाले आफ्नो सम्पूर्ण ध्यान संक्रमणको जोखिम कम गर्नतर्फ केन्द्रित गरेको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई लुकको शत्रुको संज्ञा दिएका छन् ।

ट्रम्पले आफ्नो संबोधनमा कोरोना भाइरसलाई यो लुकेको शत्रु हो, हामीले यो याद गर्नुपर्छ भनेका छन् । ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि उनले यसो भनेका हुन् । 

ट्रम्पले अमेरिकाले प्रत्येक दिन ५० हजार देखि ३ लाख जनामा कोरोनाको परीक्षण गरेको बताएका छन् ।

अमेरिकामा सोमबारसम्म ९० लाख जनामा कोरोना परीक्षण गरिएको बीबीसीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *