Home / Nepal / बर्दियामा किटको अभाव हुँदा कोरोना परीक्षण प्रभावित

बर्दियामा किटको अभाव हुँदा कोरोना परीक्षण प्रभावित

बर्दिया । बर्दियामा किटको अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण प्रभावित भएको हो ।

र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भिटिएम) किटसँगै स्वास्थ्य सामग्रीसमेत अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए ।

स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई ), थर्मल गन, सर्जिकल मास्क, पञ्जा र स्यानिटाइजरसमेत सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सूचना अधिकारी चौधरीले आरडिटी विधिबाट परीक्षण गरिएका दुई हजार ८६६ र पिसिआर विधिबाट परीक्षण गरिएका ४१७  गरी कुल तीन हजार ७० मध्ये २३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

मधुवन नगरपालिकाको क्वारेन्टाइनमा ३२८, गुलरिया नगरपालिकामा २११, बाँसगढीमा १९, बारबर्दिया सामुदायिक क्वारेन्टाइनमा २१६, ठाकुरबाबामा १६, राजापुरमा ८९, गेरुवा गाउँपालिकामा ५८ र बढैयातालमा सात जनालाई राखिएको छ ।  

जिल्लाका क्वारेन्टाइनमा ९४२ जना छन् भने बर्दिया अस्पतालको आइसोलेशनमा दुई बिरामी भर्ना भएका छन् ।

 प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नआएको सूचना अधिकारी चौधरीले बताए । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *