Home / Nepal / News / भारतले फर्कायो जवाफ : लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक भारतको भुमी हो

भारतले फर्कायो जवाफ : लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक भारतको भुमी हो

काठमाडौं । भारतले लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ ।

लिपुुलेकको नेपाली भूमि हुँदै भारतले सडक खनेकोमा नेपालले आपत्ति जनाएको केही घन्टामै भारतीय विदेश मन्त्रलायले विज्ञप्ति निकालेर लिपुलेकमा खनिएको सडक आफ्नै भएको दाबी गरेको हो ।

यो भूमि उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने उसको दावी  छ । कैलाश मानसरोवर यात्रामा तिर्थालु हिँड्ने रुटमा नै सडक बनाएको भारतले जनाएको छ । 

सीमामा भएका समस्या समाधानको लागि नेपाल र भारतले विभिन्न संयन्त्र बनाएको र तिनै संयन्त्रमार्फत विवादको समाधान निकाल्न सकिने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

दुई देशले विदेश सचिवस्तरीय वार्ताको तयारी भएको र कोरोनाको महामारीपछि छलफल गरिने विज्ञप्तीमा उल्लेख छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *