मुम्बई, एजेन्सी । क्रिकेट लेजेन्ड सचिन तेन्दुलकरले कोरोना भाइरस महामारीका कारण पिडित ४ हजार मानिसलाई राहत सामाग्री वितरण गरेका छन् ।
तेन्दुलकरले गैर नाफायुक्त संस्था ’हाई फाइभ’ फाउन्डेसनमार्फत् ४ हजार जनालाई राहत सामाग्री उपलब्ध गरेको बताइएको छ ।
जसमा वृहन्नमुम्बई म्यूनिसिपल कर्पोरेसन स्कूलका विधार्थी पनि छन् ।
सहयोग राशीको आकार नखुलाइए पनि सचिनले ट्वीट गर्दै दुर्गम क्षेत्रका मजदूर परिवारहरुलाई सहयोग पुर्याउन हाई फाइभ फाउन्डेसनलाई शुभकामना दिएका छन् ।
हाई फाइभ फाउन्डेसनले पनि पिडितहरुलाई सहयोग उपलब्ध गराएकोमा सचिनलाई धन्यवाद दिएका छन् । यसअघि सचिनले केन्द्र र राज्य सरकारलाई पनि सहयोग उपलब्ध गराइसकेका छन् ।
उनले प्रधानमन्त्री केयर्स फन्ड र महाराष्ट्रका मुख्यमन्त्री राहत कोषमा २५–२५ लाख भारु सहयोग गरेका थिए ।
त्यसबाहेक अर्को एउटा संस्थामार्फत पनि मुम्बईका ५ हजार मानिसलाई एक महिनाका लागि खाधान्न उपलब्ध गराएका थिए ।
एनजीओ ’अपनालय’ मार्फत् उनले मुम्बईस्थित शिवाजी नगर र गोभन्डीका वासिन्दालाई राहत वितरण गरेका थिए ।






