Home / Nepal / News / शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा आउने (सूचीसहित)

शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा आउने (सूचीसहित)

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरेको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ ।

तर यो अवधिमा विकास निर्माण र उद्योगहरु खुला गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिमका आधारमा रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव राखेको थियो ।

बैठकले लकडाउन लम्ब्याए पनि विकास निर्माणका काम र उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णयपछि सञ्चालनमा आउने उद्योगहरु सूची यसप्रकार छ :

१. खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२. दुध तथा दुग्ध पदार्थ उत्पादन उद्योग
३.औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४. खाने पानी उत्पादन गर्ने उद्योगहरु
५. इँटा उद्योग
६.पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७. खाने तेल तथा घ्यू उद्योग
८. चिनी उद्योग
९. चिया प्रशोधन उद्योग
१०. एलपीजी ग्याँस उद्योग
११. प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२. कफि उद्योग
१३. पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४. नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५. मसला उद्योग
१६. अलैंची र अदुवा प्रशोधन उद्योग
१७.कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८. धान चामल र चिउरा उद्योग
१९. दाल उद्योग
२०० पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१. खानी तथा खनिजजन्य उद्योग
२२. बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३. सिमेण्ट उद्योग
२४.आइरन तथा स्टिलउद्योग
२५. पेन्टिङ्गस ९रंगरोगन० उद्योग
२६. जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७. बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८. जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९. प्लाइउड र भेनिर उद्योग
३०.विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१. जस्ता पाता उद्योग
३२. हेभी मेशीनरी औजार मर्मत संभार
३३. खनिजजन्य उद्योग र खानीहरु ९लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत०
३४. समिल र काष्ठ उद्योग
३५. आल्मुनियम उद्योग
३६. ग्रील उद्योग
३७. फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८. ढुवानी तथा कार्गो सेवा उद्योग
३९. मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०. मोटर ग्यारेज वर्कसप उद्योग
४१. छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२. सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३. विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४.औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

Leave a Reply

Your email address will not be published. Required fields are marked *