Home / Nepal / कागतीको माग वृद्धि, उत्पादन कम भएर परनिर्भरता बढ्दै

कागतीको माग वृद्धि, उत्पादन कम भएर परनिर्भरता बढ्दै


अशिम सापकोटा


देश लकडाउनमा रहेको बेला यति खेर धेरै युवाहरु स्वदेशमै के गर्ने होला भनी सोचिरहेका छन् ।

नेपालमा दिनप्रतिदिन प्रयोगकर्ता र बजार वृद्धि भइरहेको अमिलो रस अर्थात कागतीको बजार फराकिलो बन्दैछ ।

रसिलो कागती, सम्झने बित्तिकै मुखमा पानी आउँछ । बिहान बेलुका तरकारीमा निचोरेर र अचारमा साँधेर कागती खान धेरै मन पराउँछन् ।

यसरी दिनमा तीन चारपटकसम्म कागती खोज्ने मान्छे बढिरहेपनि यसको उत्पादन चाहिँ घटिरहेको छ ।


व्यापारीहरुका अनुसार अहिले पनि ९० प्रतिशत भन्दा बढी कागती भारतबाटै आयात हुने गर्छ । नेपाली उत्पादनले एक महिना पनि धान्न गाह्रो हुने काठमाण्डौँ कालिमाटीका एक पुराना बताँउछन् ।

पहिलो कुरा त गाउँठाउँमा कागती फल्न नै छाड्यो, कागती पाइहालेमा पनि नेपालका कागती रसिला नहुने भएकाले भारतबाटै ल्याउनुपर्ने बाध्यता छ अर्का व्यापारी त्यसमै थप्न भ्याए ।


यो वर्ष पनि कागतीको उत्पादन निकै कम भएको आँकलन गर्न सकिन्छ । खेतीयोग्य जमिन भएपनि व्यवसायीक रुपमा कागती खेतीतर्फ किसान आकर्षित हुन सकेका छैनन ।

छिट्टै नाफा नहुने र ग्रामिण क्षेत्रमा बजार पनि नपाईने भएकाले कागती खेतीतर्फ किसानले चासो दिने गरेका छैनन् । त्यसैले गएका वर्षहरुको तुलनामा यसवर्ष कागतीको उत्पादनमा कमी आएको हो ।

तर एकपटक रोपेको कागतीले बिसौँ बर्षसम्म पनि फल दिइरहने कुरा भन्ने सबैले बुझ्न जरुरी छ ।


बजारमा स्वदेशी कागतीको कारोबार हुनै छोडेको व्यवसायी बताउँछन् । पोहोर परार स्वदेशी कागतीले २/३ महिना माग धान्ने गरेकोमा अहिले एक दन पनि नधान्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

फलिरहेका बोटको हेरचाह नहुनु र नयाँ विरुवा नरोप्नुले कागतीको उत्पादन कम हुँदै गएको हो । स्वदेशी उत्पादन नभएपछि कागतीका लागि अहिले भारतबाट आयात गर्नुपरेको छ । तर भारतमा नै माग धेरै भएकाले भनेजति कागती नपाएको व्यवसायीले बताएका छन् ।


तर पहिले कागती फलाउने किसान अरु नै खेती व्यवसायमा लागेका छन् । फलस्वरुप यी ठाउँमा पहिलेको तुलनामा कागती कम फल्ने गरेको छ ।

एकपटक रोपेपछि बिसौँ बर्षसम्म फल दिइरहने कागती खेतीको लागि अब साँच्चिकै कागती मिसन कार्यक्रम आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *