Home / World News / कोरोना संक्रमणबाट अमेरिकाभर एक लाख मानिसको मृत्यु हुनसक्ने ट्रम्पको चेतावनी

कोरोना संक्रमणबाट अमेरिकाभर एक लाख मानिसको मृत्यु हुनसक्ने ट्रम्पको चेतावनी

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेल कोरोना भाइरसको संक्रमणबाट मुलुकभर एक लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएका छन् । 

उनले करिब दुई घण्टा लामो भर्चुअल ‘टाउन हल’मा बोल्दै राष्ट्रपति ट्रम्प प्रशासनले कोरोना नियन्त्रणका लागि गरिएका पहलरु सुस्त भएको भन्‍न आरोपसमेत अस्वीकार गरेका छन् । 

हालसम्म अमेरिकामा ६७ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्य भइसकेको छ । राष्ट‍्रपति ट्रम्पले कोरोनाविरुद्धको खोप विकास हुनेमा आशावादी भएको बताए । 

राष्ट्रपति ट्रम्पले कम्तिमा एउटा खोप यस वर्षको अन्तिमसम्म तयार भइसक्ने बताए पनि विज्ञहरुले भने खोप विकासका लागि कम्तिमा १२ देखि १८ महिना लाग्‍ने विश्‍वास व्यक्त गरेका छन् । 

उनले फक्स न्युजसँग कुरा गर्दै भने, “मलाई लाग्छ कम्तिमा यस वर्षको अन्तिमसम्म खोप विकास भइसक्‍ने छ । हामीले जतिसक्दो चाँडो कोरोनाविरुद्धो खोप विकास भइसक्ने छ ।” 

यसअघि अमेरिकी प्रशासनका स्वास्थ्य सल्लाहकार एन्थोनी फाउकीले खोप विकासका लागि कम्तिमा १८ महिना लाग्‍ने बताएका थिए ।

फाउकीले यसअघि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एकदेखि दुई लाखसम्म हुने बताएका थिए भने त्यसपछि भने करिब ६५ हजारको मृत्यु हुने बताएका थिए । –बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *