Home / Nepal / दमकमा कोराना संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण रिर्पोट नेगेटिभ

दमकमा कोराना संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण रिर्पोट नेगेटिभ

दमक । झापाको दमक नगरपालिका वडा नं. ३ मा कोराना संक्रमण भेटिएपछि संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

दुई दिन अघि दमक र छिमेकी कमल गाउँपालिकाबाट ५७ जनाको स्वाब परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।


दमक नगरपालिका उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीका अनुसार सबैको रिर्पोट नेगेटिभ आएको छ ।

रिर्पोट नेगेटिभ आएपछि त्यहाँ गरिएको सिल पनि हटाईएको छ । लक डाउन भने कायमै रहेको उहाँले बताउनुभयो ।

आरडीटी परीक्षणमा तीन जनाको रिर्पोट पोजेटिभ रहेको थियो । त्यसपछि उक्त स्थान सिल गरेर थप जाँच गरिएको थियो ।

‘कसैको पनि रिर्पोट नेगेटिभ देखिएन र पहिलो चरणको जोखिमबाट हामी जोगिएका छौ’, उहाँले भन्नुभयो ।

संक्रमितको कोभिड अस्पताल विराटनगरमा उपचार हुँदैछ भने संक्रमितको परिवारका सदस्यहरु दमक अस्पतालको आइसोलेशनमा रहेका छन् ।

नगरपालिकाले संक्रमण फैलन नदिन बन्दाबन्दीलाई प्रभावकारी बनाउने निर्णय मंगलबार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *