Home / Nepal / आमाको निधन भएको केही दिनमै अभिनेता इरफान खानको निधन

आमाको निधन भएको केही दिनमै अभिनेता इरफान खानको निधन

काठमाडौ । लोकप्रिय बलिउड अभिनेता इरफान खानको निधन भएको छ।

मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा ५४ वर्षीय खानको बुधबार बिहान निधन भएको हो। दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। 

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। 

उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। 

गत शनिबार उनकी आमाको निधन भएको थियो।

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए। 
बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए। 

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *