Home / Nepal / News / नेपालमा थप दुई जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५४ पुग्यो

नेपालमा थप दुई जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५४ पुग्यो

रौतहट । नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन ।

 रौतहटको वृन्दावन नगरपालिका–९, भुसहा र देवाही गोनाही नगरपालिका–१ का एक–एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।

जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।


हालसम्म नेपालमा योसगैँ ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १६ जना निको भएर घर फर्किइसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *