Home / Nepal / साढे ७ हजारले गरे कोरोनाको बीमा

साढे ७ हजारले गरे कोरोनाको बीमा

काठमाडौं । कोरोना भइरसको बीमालेख शुरू भएको ५ दिनमा ७ हजार ४ सय ९९ जनाले बीमा गरेको छन् ।

बीमा समितिका अनुसार यो पोलिसी बेचेर बीमा कम्पनीले ४१ लाख ७३ हजार ४ सय रुपियाँ बीमा शूल्क आर्जन गरेका छन् ।

सो अवधिमा ४ सय ७४ वटा पोलिसी बिक्री भएको छ ।

२० वटा निर्जीबन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरेका हुन् । यस्तो बीमा अस्पताल तथा कर्पोरेट हाउसहरूले गराएको बीमा समितिको भनाइ छ ।
समितिले नै ८० जना कर्मचारीको बीमा गराइसकेको छ ।

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । नेपालमा पनि बीमा समितिले कोरोना भाइरसको बीमा शुरू गरेको छ ।

कोरोना भाइरसको संक्रमण शुरू भएयता एक सातामा १० हजार ७ सय १९ जनाले बीमा गरेका छन् ।

बीमक संघका उपाध्यक्ष एनपी प्रधानका अनुसार ७१९ वटा पोलिसी बिक्री गर्दा ५७ लाख २१ हजार ५ सय २० रुपियाँ प्रिमियम संकलन भएको छ । २० वटा निर्जीवन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *