मोरङ । लेटाङ नगरपालिका वडा नम्बर ३ ले लकडाउनका कारण काठमाडौ उपत्यकामा अलपत्र बिद्यार्थी तथा नगरवासिलाइ ल्याउने कामलाई निरन्तरता दिएको छ।
काठमाडौबाट ल्याइएका नगरवासी लाई सेल्फ क्वारेन्टाइनमा राखिने वडा अध्यक्ष देवराज चाम्लिङले बताउनु भयो।
लेटाङ नगरपालिका वडा नम्बर ३ ले आफ्नै ब्यवस्थापनमा काठमाण्डौबाट ल्याएका नगरबासी सोमबार बिहान लेटाङ आइपुग्ने छन ।
उद्धार गरिएका नगरबासीले पालिकाले तोकेको सर्त अनुरुप नियमित कोरोना संक्रमण नियन्त्रण र बचाउका नियमलाई पूर्णत पालना गर्दै भौतिक दुरी कायम गरी आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्ने छ ।

वडा कार्यालयले काठमाण्डौबाट फर्किएकाहरुलाई सोमबार कोभिड १९ सम्वद्ध सरकारी फारम भराई नाम, फोन नम्वर र स्वास्थ्य विवरण सहित नियमित सम्पर्कमा राख्ने समेत वडा अध्यक्ष राइले जानकारी दिनुभयो ।







