Home / World News / तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानस्तिानमा कम्तीमा १३ जनाको मृत्यु

तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानस्तिानमा कम्तीमा १३ जनाको मृत्यु

काबुल । तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानस्तिानमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  

देशको उत्तरपश्चिमी बाजीस प्रान्तमा बिहीबार बेलुका भएको घटनामा परी मृत्यु भएकाहरु व्यक्तिहरु सरकार समर्थित समूहका लडाकू भएको बताइएको छ । 

प्रान्तीय परिषद्का सदस्य बाहुउद्दिन कादेसीलाई उद्धृत गर्दै टोलो समाचारले जनाए अनुसार क्वाला ए–नाव सहरमा घटना भएको हो । 

घटनामा परी सरकार समर्थित सोही समूहका अरु दश जना सम्पर्क विहिन रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

प्युविक उप्रिसिङ फोर्स नामक सो समूहले सरकारको पक्षमा आफ्ना गतिविधिहरु गर्दै आएको छ । 

अफगानिस्तानको सरकारी संरचना अन्तर्गत नै रहेर राष्ट्रिय रक्षा र सुरक्षा फौजलाई सहयोग गर्नेगरी सो समूहले काम गर्ने गरेको छ । 

घटनाका बारेमा सरकारी सुरक्षा अधिकारीहरुले पुष्टि गरेपनि मानवीय क्षतिका बारेमा भने कुनै विवरण दिएका छैनन् । – सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *