Home / Nepal / News / कक्षा १२ को परिक्षाफल प्रकासीत ७ हजार भन्दा बढीले ल्याए ए प्लस

कक्षा १२ को परिक्षाफल प्रकासीत ७ हजार भन्दा बढीले ल्याए ए प्लस

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको परिक्षाको नतिजा आज बिहान बसेको बोर्डको बैठकले सार्वजनिक गरेको हो ।

शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।

यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ रहेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिएका छन ।

उनका अनुसार ‘सी प्लस’ ल्याउने परीक्षार्थीको संख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

सार्वजनिक नतिजाअनुसार तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले गएको बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *