चितवन : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आज भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आफू सरकारमा रहँदा काम गरेर देखाउने बताएकी छन्।आफु मन्त्री रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा आफ्नो लामो अनुभव रहेकाले काम गरेर दखाउने बताइन् ।
उनले भनिन् “अरूले नखोजेको, मैले रोजेको मन्त्रालय हो। म आफूले त रोजेरै आएको हो, यो मन्त्रालयमा। मेरो फिल्ड पनि हो, यसमा धेरै समस्याहरू छन्। महिलाका समस्या छन्, जेष्ठ नागरिकका समस्या छन्, बालबालिकाका समस्या छन्, अपाङ्गता भएकाहरूका समस्या छन् । यसमा केही न केही ठोस् काम गर्नैपर्छ।“
उनले बालबालिकाहरूले छिट्टै कोभिडविरुद्धको खोप पाउने पनि बताइन्। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा छिट्टै बालबालिकाहरूलाई पनि कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गरिने उनले बताइन्। “अहिलेसम्मपनि बालबालिकाले खोप लगाउन पाएका छैनन्। उनीहरूलाई छिट्टै खोप व्यवस्था गर्नेछु,” उनले भनिन्।
अर्को प्रसंगमा उनले चाडपर्वपछि सबै विद्यालय खुल्ने पनि बताइन् । मन्त्री रेग्मीले सहरका विद्यार्थीले अनलाइनबाट अध्ययन गरेपनि दुर्गमका विद्यार्थीहरू शिक्षाबाट वञ्चित भएकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नुपर्ने बताइन् ।






