Home / Nepal / News / दसैँमा फोहोर नियमित संकलन गरिने

दसैँमा फोहोर नियमित संकलन गरिने

काठमाडौं : यस वर्ष दसैँका मुख्य दिनहरूमा कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर नियमित संकलन गरिने भएको छ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि जनशक्ति खटाइएको बताएका छन।

‘‘यो स्वच्छ पर्व मनाउने प्रयास हो। यसका लागि हरेक फोहोर उत्पादकले पनि सहयोग गर्नुपर्छ। यस अवधिमा उद्योग, व्यवसाय, कार्यालय बन्द नै रहन्छन् । धेरै मानिस काठमाडौं बाहिर जाने भएकोले मात्रा त्यसै पनि घट्छ । काठमाडौंमा हुनेले कम फोहोर निकालिदिए पुग्छ,” श्रेष्ठले भने, ‘‘अहिले देवी शक्तिपीठसहित मानिसको धेरै चहलपहल धेरै हुने ठाउँ बजार र मठ-मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुला ठाउँमा पानी छर्किने, बढार्नेलगायत काम भइरहेका छन् ।”

महानगरको फोहोर संकलनमा साझेदारी गर्दै आएका निजी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू ल्यान्डफिल साइट सञ्चालन भए आफूहरूलाई नियमित काम गर्न कठिन नहुने बताउँछन्। सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेसनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्यान्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ ।

निजी तथा गैरसरकारी संघ–संस्थाले भने सहरका विभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *