Home / Nepal / News / कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा

काठमाडौं : कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला संक्रमितमध्ये ३१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार शुक्रबारसम्म अस्पताल भर्ना भएका ४३० जनामध्ये ३१४ जना निको भएर डिस्चार्ज भएका हुन् ।

उपचाररत संक्रमितमध्ये ८२ जनामध्ये ३४ जनालाई तौलिहवा र लुम्बीनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ । त्यस्तै थप पाँच जनाको दिसाको नमुना परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको ईडीसीडीले जनाएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा यही असोज १८ गतदेखि झाडापखाला तथा वान्ताको संक्रमण फैलिएको थियो। संक्रमण फैलिएको स्थानमा नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बलका प्रतिनिधीहरूसँगै प्रादेशिक र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा औषधि तथा जनशक्ति व्यवस्थापन गरीएको र हाल स्थिति नियन्त्रणमा आएको ईडीसीडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *