Home / Nepal / News / भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइयो

भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइयो

काठमाडौं : भरतपुर अस्पतालमा बिरामीको चापबढेसँगै बहिरङ्ग सेवाको समय बढाएको छ। अस्पतालले आजैदेखि सेवा समय बढाएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बिहान ८ बजेदेखि टिकट खुला हुनेछ भने ८ः३० बजेबाट परीक्षण सुरु गरिने छ। बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टा–छुट्टै कक्षबाट यो सेवा सुरु गरिएको छ।

यसअघि सञ्चालित बहिरंग सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन गरिने र यो सेवा सुरु गरेसँगै अस्पतालमा लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ थियो ।

यो सेवामा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरले बिरामीको परीक्षण गर्ने छन्। आवश्यकतानुसार थप परीक्षण गर्नुपर्ने भए विशेषज्ञकहाँ पठाउने व्यवस्था गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए । टिकट काट्न र ओपिडीमा परीक्षण गर्न लामो समय पर्खनुपर्ने गुनासो आएकाले अस्पतालले सेवा विस्तार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *