Home / Nepal / News / स्राेत नखुलेको साढे १५ लाख रुपैयाँसहित तीन जना पक्राउ

स्राेत नखुलेको साढे १५ लाख रुपैयाँसहित तीन जना पक्राउ

जनकपुरधाम : पर्सामा स्राेत नखुलेको साढे १५ लाख रकमसहित तीन जना पक्राउ परेका छन्। उनिहरुलाई
शुक्रबार पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-२५ सिर्सियाबाट स्राेत नखुलेको रकमसहित पक्राउ गरेको हो । उनीहरूमध्ये दुई जना भारतीय नागरिक हुन् ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण थाना कंगेली १ बसतपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेल रहेका छन।

प्रहरीले विशेष सूचनाको अधारमा सिर्सिया छोटी भन्सार हुँदै भारतबाट आउँदै गर्दा पक्राउ गरेको बताइएको छ। तीनवटा मोटरसाइकलमा सवार उनीहरूले हेल्मेटभित्र लुकाइछिपाई ल्याएको स्राेत नखुलेको सो रकम बरामद भएको हो। मोटरसाइकलसहित नियन्त्रणमा लिई उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *