काठमाडौं : यो वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक ७ र ८ गते सञ्चालन हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नियमित तालिका अनुसार कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यो वर्ष सो मितिमा बडादसैँ परेका कारण सारिएको छ।
सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिँदै आएको छ।
त्यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्व बालभिटा समेत लक्षित जिल्लाहरूमा वितरण गर्दै आएको छ।






