Home / Nepal / काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गुको संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गुको संक्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा गत असारयता तीन जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असारयता भक्तपुरका तीन जनामा डेङ्गु पुष्टि भएको हो।

असार, साउन र भदौमा देशभर जम्मा १४९ जनामा डेङ्गु पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै प्रदेश १ को संखुवासभामा सबैभन्दा धेरै ४७ जना डेंगु संक्रमित देखिएको छ।

गत आर्थिक वर्षमा (२०७७⁄७८) भक्तपुरमा डेङ्गुका बिरामी भेटिएका थिएनन् भने काठमाडौं र ललितपुरका सात जनामा संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *