काठमाडौं : झापामा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
झापाको मेचीनगर नगरपालिका–१२, कालीझोडामा मे१त ७०६३ नम्बरको ट्याक्टरमा को२०प ४ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब साढे ८ बजे ठोक्किँदा एकजनाको मृत्यु भएको हो।
प्रहरीचौकी चारआलीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार मेचीनगर नगरपालिका–१३ का ३० वर्षीया युवराज लिम्बू रहेका छन। लिम्बूको उपचारको क्रममा गए राति मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापाकै कन्काई नगरपालिका–६ का ३५ वर्षीय दिलीपकुमार कार्कीको बीएन्डसी अस्पतालमा उपचार भैरहेको प्रहरिले जनाएको छ।





