Home / Nepal / पाँच किलो चाँदीसहित दुई भारतीय युवक पक्राउ

पाँच किलो चाँदीसहित दुई भारतीय युवक पक्राउ

लहान : सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको ठूलो परिमाणमा चाँदीसहित प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतो रहेका छन्।उनिहरुलाइ करिब पाँच किलो चाँदीसहित प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *