Home / Nepal / News / बलात्कारको घटनामा परिवार र आफन्त नै सम्लग्न, तीन वर्षमा सात हजार बलात्कृत

बलात्कारको घटनामा परिवार र आफन्त नै सम्लग्न, तीन वर्षमा सात हजार बलात्कृत

काठमाडौं : बलात्कारका घटनामा परिवारभित्रकै सदस्य, आफन्त संलग्न रहेका दर्जनौँ घटना छन्। यी बलात्कारका प्रतिनिधिमूलक घटना मात्रै हुन्। नेपालमा भएका अधिकांश बलात्कारका घटनामा आफन्त, चिनजानका व्यक्ति, साथीकै संलग्नता रहेको पाइएको छ।

पछिल्लो तीन वर्षमा बलात्कारका ६ हजार ९०६ घटना प्रहरीमा दर्ता भएका छन्। अधिकांश बलात्कारका घटनामा आफन्त, चिनजानकै व्यक्तिको संलग्नता रहेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकानुसार आर्थिक वर्ष ०७७/०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बलात्कारका घटना बढेका छन्।

प्रहरीको तथ्यांकानुसार प्रायजसो घटनाहरूमा नजिककै चिनजानका व्यक्तिहरूको संलग्नता देखिन्छ । आर्थिक वर्ष ०७७७/०७८ मा दुई हजार ५३४ वटा मुद्दाका दुई हजार ८१५ जना प्रतिवादीहरूमध्ये ९.८८ प्रतिशत अर्थात् २७८ जना प्रतिवादीहरू हाडनाता सम्बन्धका छन् ।

सोही अवधिमा ३०.८३ प्रतिशत अर्थात ८६८ जना छिमेकीमाथि बलात्कार मुद्दा छ । समग्रमा ८२.२० प्रतिशत अर्थात् दुई हजार ३१३ प्रतिवादी हाडनाता र नजिकको चिनजानका व्यक्ति छन् ।

आर्थिक वर्ष ०७७७/०७८ मा बलात्कारका दुई हजार ५५४ घटनामध्ये १० वर्षमुनिको उमेर समूहका ११.९८ प्रतिशत, ११ देखि १८ वर्ष उमेर समूहका रहेका ५३.२४ प्रतिशत र ६० वर्षदेखि माथिका १.४८ प्रतिशत पीडित छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा जबर्जस्ती करणी उद्योगका घटना पनि झन्डै ७ प्रतिशतले बढेको छ । यौन दुर्व्यवहार भने ६६ प्रतिशतले घटेको प्रहरी तथ्यांकले देखाउँछ । बाल दुराचार २० प्रतिशतले बढेको छ भने अप्राकृतिक मैथुन ३३ प्रतिशतले बढेको छ ।

प्रहरी अधिकारीहरू बलात्कारका घटना रोक्न परिवारदेखि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *