काठमाडौं : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन चासो देखाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको एक टोली विष्णुको माइती घर पुगेर जानकारी लिएको छ। “जिल्ला प्रशासन कार्यालयबाट आग्रह आएपछि हाम्रो टोली विष्णुको माइती घर पुगको थियो,” “तर, उनको माइतीमा बुवा र दाजुभाइ कोही पनि नभएकाले खासै धेरै जानकारी पाउन सकिएन। छिमेकमा बुझ्दा उहाँ लामो समयदेखी माइती नगएको बुझिएको छ।”
विष्णुका सुभचिन्तक तथा स्रोता/दर्शकले उनको अवस्थाबारे चासो देखाएपछि राष्ट्रिय मानव अधिकार आयोगले उनको अवस्था बुझ्न जिल्ला प्रशासन स्याङ्जालाई पत्राचार गरेको थियो। केही वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित भएर विष्णुले आफूलाई पारिवारिक दबाब नरहेको बताएकी थिइन्। आफू राजीखुसी मिडियामा नआएको बताएकी थिइन्।
विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीले उनलाई दबाबमा बाहिर आउन नदिएको टिका–टिप्पणी हुँदै आएको छ। तर, उनले यो आरोपलाई नकार्दै आएका छन्।
केही समय अगाडि विष्णुको स्वरमा तिज गीत ‘चरी जेलैमा’ बजारमा आएको थियो। उक्त गीत विष्णुकै जीवनमा मेल खाने रहेको स्रोता तथा दर्शकको अनुमान लगाएका थिए। यद्यपि, सो गीत सुन्दरमणिले नै लेखेका हुन्। भिडियो निर्देशन पनि सुन्दरमणि कै हो।
लोकदोहोरीमा विष्णु माझीको लोभलाग्दो क्रेज छ। उनी प्रति गीत रेकर्ड गराएको दुई लाख रुपैयाँ पारिश्रमिक लिन्छिन्। यति महंगो पारिश्रमिक लिने नेपालमा विष्णु एक मात्रै गायिका हुन्।






