दाङ : दाङमा कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखदेखि बन्द भएका शिक्षालय आजदेखि विद्यालय सञ्चालनमा आउने भएका छन्।
विद्यालय सञ्चालनका मापदण्ड तयारगरी स्थानीय शिक्षा महाशाखाले कार्यपालिकामा सिफारिस गरेको थियो। कार्यपालिकाको बैठकले शिक्षा महाशाखाबाट आएको सिफारिसलाई अनुमोदन गर्दै डीसीएमसीमा अनुमोदनका लागि पेस गरेको थियो।
आइतबार डीसीएमसीको बैठकले कार्यपालिकाको सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय सञ्चालन हुने दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।






