Home / Nepal / News / व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा–पर्व मनाउन मेयर शाक्यको अपिल

व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा–पर्व मनाउन मेयर शाक्यको अपिल

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै सम्पूर्ण महानगरवासीलाई स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउन अपिल गरेका छन ।

आइतबार विभिन्न गुठीसँग सम्बन्धित व्यक्तिहरूलाई उनले भने ‘‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो। यसको पहिचान अन्तर्राष्ट्रियस्तरमा पनि छ। इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु,” मेयर शाक्यले भने, ‘‘इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३०० जनााई खोपको व्यवस्था गरेका छौँ । आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार छौँ।”

उनले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गरिने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *