Home / Nepal / News / छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण हुदै

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण हुदै

काठमाडौँ : छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण हुने भएको छ।

छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना १ दाम जग्गामा करिब ३५ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण हुने भएको हो ।

कोभिड संक्रमणको दोस्रो लहर चलेकाबेला काठमाडौं महानगरले यस अस्पताललाई महानगरको कोभिड विशेष अस्पतालका रूपमा सञ्चालन गरेको थियो।

अस्पताल निर्माणको पहिलो चरणमा भूमिगत १ तलासहित ७ तले भवनको ‘स्ट्रक्चर’ तयार पारिनेछ। यसका लागि करिब १२ करोड रुपैयाँ खर्च हुनेछ। भवन निर्माणका लागि काठमाडौँ महानगरले दुई करोड ५० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ। यसमा २ करोड ५० लाख रुपैयाँ थपेर यो वर्ष ५ करोड रुपैयाँ दिनेछ । यसबाहेक अस्पतालको आन्तरिक आय र दाताहरूबाट प्राप्त हुने रकम प्रयोग गरिनेछ ।

चिकित्सालयमा २४ घण्टै इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आईसीयू, भेन्टिलेटर, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन् । आज महानगरका मेयर विद्यासुन्दर शाक्यले उक्त चिकित्सालयको नयाँ भवन शिलान्यास गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *