Home / Nepal / News / देशका चारवटा प्रदेशमा भारी वर्षा

देशका चारवटा प्रदेशमा भारी वर्षा

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउसो यि चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

काठमाडौंमा आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन्। “काठमाडौंमा आज दिनभर मौसम बदली रहने छ । त्यसैले सामान्यदेखि मध्यम वर्षाको सम्भाना रहेको छ । यद्यपि राति भने भारी वर्षाको सम्भावना रहेको छ,’ उनी भन्छिन् ।

यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ विभागको भनाइ छ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *