Home / Nepal / चीनबाट थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि १० दिनभित्र ल्याउने

चीनबाट थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि १० दिनभित्र ल्याउने

काठमाडौं : सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि १० दिनभित्र ल्याउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनबारे जानकारी दिँदै थप ४४ लाख डोज खोपको भुक्तानी भइसकेको र हप्तादेखि १० दिनभित्र आइपुग्ने बताए।

आउँदो दसैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने योजना रहेको पनि श्रेष्ठले बताए।

त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *