इटहरी:- नेपालको सबै भन्दा ठुलो चेन सुपरमार्केटको रुपमा परीचित भाटभटेनी सुपरस्टोरले आफ्नो १९औं साखाको रुपमा प्रदेश १ को ब्यापारीक शहर इटहरीमा आज शनीवारबाट सन्चालनमा आएको छ।
१ बिगाहा १५ कठ्ठा जमीनमा फैलीएको उक्त स्टोर करीब ३ अर्बको लागतमा निर्माण भएको हो। इटहरी चोकभन्दा ४ किलोमिटर पश्चिममा रहेको उक्त स्टोर नेपालकै सबैभन्दा ठूलो सुपर स्टोर रहेको भाटभटेनी सुपरस्टोरका प्रमुख कार्यकारी अधीकृत पानु पौडेलले जानकारी दिनु भएको छ।
आज पहिलो दिन स्टोरमा अल्कोहल र चुरोट बाहेक सबै मालसामानमा १० प्रतिशत र बिधुतीय सामाग्रीमा २० प्रतिशत सम्म छुट दिइनेछ। ३ वटा छुट्टाछुट्टै भवन रहेको स्टोरमा हरेक बिल्डीङ्मा बेसमेन्टसहित ७ तला रहेका र क्षेत्रफल ५० हजार वर्गफिट रहेको छ।
स्टोरमा २०४ सिट क्षमताका २ वटा मल्टिप्लेक्स सहीत सी’ ब्लकको भुइँतलामा केएफसी, पेपे पिजा र आँगन रेस्टुरेन्ट रहेका छन भने यही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ। हिमालय जाबा कफीको रेस्टुरेन्ट र वाणिज्य बैंकका एटीएमहरु राखिएको उक्त स्टोरले इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर को कडा प्रतिस्पर्धीको रुपमा हेरीएको छ्।






