Home / Nepal / दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पिड गन’सहितको चेकिङ्ग सुरु

दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पिड गन’सहितको चेकिङ्ग सुरु

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातिको समयमा तीव्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पिड गन’सहितको चेकिङ्ग सुरु गरेको छ।

विशेषगरी कोटेश्वर– सूर्यविनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तीव्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरी तीव्रगति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ। ‘‘दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तीव्र गतिमा सवारी चलाउने ३५–४० जना चालकहरुलाई लेजर गनमार्फत कारबाही गर्दै आएका छौँ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरी गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौ,” महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने।

उनले आज रातिदेखि नाइट भिजन लेजर स्पिड गनको प्रयोग सुरु गरेको र यसले तीव्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा उल्लेख्य भूमिका निर्बाह गर्ने अनुमान लगाएको बताए। स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *