काठमाडौं : काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुन्डी कारोबारमा संलग्न दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेकाे चौरीदेउराली गाउँपालिका–३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र सोही पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जानकारी दिएका छन्।
उनीहरूको साथबाट ३० लाख ७ हजार रुपैयाँ बरामद भएको छ । प्रहरिले जाँच गर्नेक्रममा रमेशले हुन्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।





