Home / World News / संयुक्त राष्ट्रसंघले गर्‍यो ‘अफगानिस्तानलाई सहयोग जारी राख्न’ आग्रह

संयुक्त राष्ट्रसंघले गर्‍यो ‘अफगानिस्तानलाई सहयोग जारी राख्न’ आग्रह

बीबीसी : संयुक्त राष्ट्रसंघले ‘अफगानिस्तानलाई सहयोग जारी राख्न’ आग्रह गरेको छ।

युके, फ्रान्सलगायतका देशले उद्धार कार्य समाप्त गरेसँगै संयुक्त राष्ट्रसंघले मानवीय सहायतालाई निरन्तरता दिनु महत्त्पूर्ण भएको बताएको हो। “त्यहाँ अहिले नै धेरै गम्भीर मानवीय अवस्था छ र त्यो अझै खराब हुन सक्छ”, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त (यूएनसीएचआर)का प्रवक्ता रुपर्ट कोल्भीलले भनेका छन्।

अफगानिस्तानका अधिकांश पूर्वाधाहरू भत्किएका उनले बताए। हिउँदभन्दा पहिले नै खाद्यान्न र औषधिहरू आपूर्ति गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि बाहिरी दुनियाँले अफगानिस्तानलाई सहयोग गर्नुपर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *