Home / Politics / “सर्वोच्च अदालतले केपी ओली सरकार ढालेर दक्षिणपन्थी कदम सच्याइदिएको खबरले मन हलुङ्गो भयो”- खनाल

“सर्वोच्च अदालतले केपी ओली सरकार ढालेर दक्षिणपन्थी कदम सच्याइदिएको खबरले मन हलुङ्गो भयो”- खनाल

काठमाडौं : भारतबाट उपचार गराएर फर्किएका नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले ओली सरकार ढलेको खबरले मन हलुङ्गो भएको बताएका छन्।

नेता खनालले त्रिभुवन विमानस्थलमा बाेल्दै ओलीको दक्षिणपन्थी अधिनायकवादी कदमले देश दुर्घटनाको संघारमा भारी मन लिएर भारत गएको तर पछि सर्वोच्च अदालतको फैसलाले दक्षिणपन्थी अवसरवाद र प्रतिगनम असफल पारिदिएपछि मन हलुङ्गो भएको बताए।

“म उपवचारका लागि भारत जाँदा भारी मन लिएर गएको थिएँ। देशलाई अधिनायकवादको दुर्घटनाको मुखमा धकेलेर हाम्रो पार्टीलाई दक्षिणपन्थी भासमा धकेलिएको थियो,” खनालले भने, “सर्वोच्च अदालतले केपी ओली सरकार ढालेर दक्षिणपन्थी कदलम सच्याइदिएको खबरले मन हलुङ्गो भयो।”

“कम्युनिस्ट सरकार ढालियो भनेर केपी ओलीले आँशु नझार्दा हुन्छ। किनभने उनले कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी एमाले र सिंगो देशलाई प्रतिगमनमा धकेलिसकेका थिए,” खनालले भने, “उनको सरकार ढल्नु भनेको अग्रमनको रक्षा हो, लोकतन्त्र र संविधानको पनि रक्षा हो ।”

एमालेलाई आफूहरूले बनाएपनि केपी ओलीले दक्षिणपन्थी भासमा धकेलेर काम नलाग्ने पार्टी बनाइदिएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *