काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ।
छलफलका लागि प्रचण्ड एक घण्टाअघि नै बालुवाटार पुगेका थिए। छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको बताइएको छ ।
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री भएको डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
सत्तारूढ गठबन्धनबीच कुन–कुन मन्त्रालय पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको बताइन्छ ।






