Home / Nepal / ट्राफिक प्रहरीले चोरी भएको २४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाइयो

ट्राफिक प्रहरीले चोरी भएको २४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाइयो

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

“चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरि विभिन्न प्रहरी वृत्तमा पठाएका छौँ । यस बाहेक अन्य मोटरसाइकलहरु सम्बन्धित धनिलाई सम्पर्क गरेर बुझाउने गरेका छौँ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *